logo
१२ पुष २०८२, शनिवार Line
Menu
हेटौँडा उपमहानगरपालिकाले बिहीबारबाट फोहोर उठाउन छाड्यो

हेटौँडा उपमहानगरपालिकाले बिहीबारबाट फोहोर उठाउन छाड्यो

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले हाल फोहोर व्यवस्थापन गरिरहेको स्थानमा फोहोर नफाल्न उच्च अदालत पाटन हेटौँडाले अन्तरिम आदेश जारी गरेसँगै गत बिहीबारबाट फोहोर उठाउन छाडेको छ ।

हेटौँडा उपमहानगरपालिकाले गत बिहीबार बिहान एक सूचना जारी गर्दै फोहोर फाल्ने वैकल्पिक स्थान नभएकाले अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहोर सङ्कलन र व्यवस्थापनको कार्य स्थगित गरिएको जनाएको छ । उपमहानगरपालिकाले फोहोर नउठाउने सूचना जारी गरेसँगै फोहोर सङ्कलन र व्यवस्थापनको जिम्मा पाएको ग्रीन एण्ड क्लिन सिटी सर्भिसेजले फोहोर उठाउन बन्द गरेको हो ।

हेटौँडाका मुख्य बजार क्षेत्रका सबै वडाहरू र ग्रामीण भेगका जनघनत्व बढी भएका वडाहरूबाट गरी दैनिक २६ टनभन्दा बढी फोहोर सङ्कलन हुने गरेको थियो । फोहोर सङ्कलन बन्द गरिएसँगै घरभित्रै र सडकमा फोहोर थुप्रिएर वातावरण दुर्गन्धित हुने खतरा छ । हेटौँडा उपमहानगरको व्यवस्थित र दीर्घकालीन डम्पिङ साइटको निर्माण नभएकोमा हेटौँडा–१० स्थित सिसौघारी नजिकै राप्ती खोला किनारमा फोहोर व्यवस्थापन गर्दै आइएको छ ।

फोहोर व्यवस्थापन अव्यवस्थित भएको र नकुहिने फोहोरलाई आगो लगाएर वातावरण प्रदूषण गरिएको भन्दै योगेन्द्र प्रसाद उपाध्यायले उच्च अदालत हेटौँडा इजलासमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमाथि न्यायाधीश डा. निर्मला पौडेल भट्टराईले मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेकी हुन् ।

‘वातावरण प्रदूषण जस्तो संवेदनशील विषयमा अन्तरिम आदेशसमेत माग गरिएकाले विपक्षीबाट हेटौँडा–१० स्थित गोरक्षश्वर मन्दिरभन्दा दक्षिणतर्फ राप्तीतटमा फोहोर नफाल्नु, फोहोर फाल्न नलगाउनू भनी विपक्षीहरुका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’ उच्च अदालत पाटन हेटौँडा इजलाशबाट जारी आदेशमा भनिएको छ ।

उच्च अदालत पाटन हेटौँडा इजलासले माघ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । हेटौँडा उपमहानगरपालिकाले २०२६ सालदेखि फोहोर व्यवस्थापन गर्दै आएको डम्पिङ साइटमा पहिलो पटक फोहोर फाल्न रोक लगाइएको हो । ग्रीन एण्ड क्लिन सिटी हेटौँडाका सञ्चालक नवराज खतिवडाले फोहोर सङ्कलनको काम हाललाई आदेश बमोजिम स्थगित गरिएको बताए ।

प्रकाशित मितिः २९ माघ २०८१, मङ्गलवार, 45 पटक पढिएको
पुरा पढ्नुहाेस
बालेन शाहको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

बालेन शाहको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ । ‘नेपाल हाँसेको...’ बोलको गीतमा बालेनको शब्द, सँगीत, स्वर र ¥याप छ । गीतमा विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ ।

कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ । सारा खड्गी, मानुषी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ । बालेन मेयर भएपछि उनले गाएको गीत पहिलो पटक बजारमा आएको हो ।

यस्तै, चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ । ‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल गीतको संज्ञा दिएको छ । यो गीतले चलचित्रको हाइप थप बढाएको छ ।

चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा...’ बोलको गीत सार्वजनिक गरेको थियो । चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।

‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने ‘लाज शरणम्’ यो वर्षकै प्रतीक्षित मध्येको एक सिनेमा हो ।

प्रकाशित मितिः २९ माघ २०८१, मङ्गलवार, 41 पटक पढिएको

२६ खर्बमा उक्लियो सार्वजनिक ऋण

२६ खर्बमा उक्लियो सार्वजनिक ऋण

६ फागुन, काठमाडौं । नेपालको सार्वजनिक ऋण २६ खर्ब रुपैयाँभन्दा माथि उक्लिएको छ । यो भनेको कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा ४५.७७ प्रतिशत हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) सम्म सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब ६ करोड पुगेको छ ।

चालु आव सरकारले २ खर्ब ९० अर्ब ५७ करोड रुपैयाँ ऋण लिएको छ । यस अवधिमा १ खर्ब ५० अर्ब २० करोड ऋणको सावाँ भुक्तानी गरिएको छ ।

चालु आव सात महिनामा सरकारले वार्षिक लक्ष्यको ५३.१२ प्रतिशत सार्वजनिक ऋण उठाएको छ । यस आवमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य छ ।

विनिमय दरमा आएको परिवर्तनबाट ३६ अर्ब ५९ करोड दायित्व थप हुँदा सात महिनामा खुद सार्वजनिक ऋण १ खर्ब ७६ अर्ब ९६ करोडले बढेको छ ।

यसप्रकार असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण माघ मसान्तमा २६ खर्ब ११ अर्ब ६ करोड पुगेको हो ।

माघ मसान्तसम्म आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब ८१ करोड पुगेको छ । वाह्य ऋण १३ खर्ब २८ अर्ब २५ करोड पुगेको छ । जीडीपीका आधारमा आन्तरिक ऋण र वाह्य ऋण हिस्सा २२.४९ र २३.२८ प्रतिशत छ ।

लक्ष्यको आधाभन्दा धेरै उठाइयो

चालु आव सात महिनामा सरकारले वार्षिक लक्ष्यको ५३.१२ प्रतिशत सार्वजनिक ऋण उठाएको छ । यस आवमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य छ ।

त्यसमध्ये माघ मसान्तसम्म २ खर्ब ९० अर्ब ५७ करोड ऋण उठाइएको छ । यस वर्ष आन्तरिक ऋण लक्ष्यको ६९.४४ प्रतिशत र वाह्य ऋण २८.३१ प्रतिशत छ ।

यस वर्ष सरकारले ३ खर्ब ३० अर्ब बराबर आन्तरिक र २ खर्ब १७ अर्ब बराबर वाह्य ऋण उठाउने लक्ष्य लिएको छ । माघ मसान्तसम्म सरकारले २ खर्ब २९ अर्ब आन्तरिक ऋण उठाएको छ । वाह्य ऋण ६१ अर्ब ४२ करोडमात्र उठेको छ ।

सरकारले आन्तरिक ऋणलाई चालु खर्चमा समेत खर्च गर्नुपर्ने बाध्यता छ । वाह्य ऋण भने पूँजीगत खर्चमा बढी खर्च हुन्छ । सोहीकारण पूँजीगत खर्चको गति बढ्न नसक्दा वाह्य ऋण प्राप्तिसमेत लक्ष्यभन्दा धेरै पछाडि देखिन्छ ।

सात महिनामा ऋणको सावाँ–ब्याज तिर्न पौने २ खर्ब

चालु आव सात महिनामा सरकारले सार्वजनिक ऋणको सावाँ–ब्याज तिर्न पौने २ खर्ब रुपैयाँ खर्च गरेको छ ।

तथ्यांक अनुसार सावाँ भुक्तानीमा १ खर्ब ५० अर्ब २० करोड र ब्याज भुक्तानीमा ३८ अर्ब ५४ करोड गरी कुल १ खर्ब ८८ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ ।

कार्यालयका अनुसार यस वर्ष आन्तरिक ऋणको सावाँ भुक्तानीमा १ खर्ब २७ अर्ब २४ करोड र ब्याज भुक्तानीमा ३३ अर्ब ४५ करोड खर्च भएको छ ।

विकास सहायता व्यवस्थापनमा विभिन्न समस्या देखिँदा सहायता परिचालन प्रभावकारी हुन नसकेको अर्थको निष्कर्ष छ ।

वाह्य ऋणको सावाँ भुक्तानीमा २२ अर्ब ९६ करोड र ब्याज भुक्तानीमा ५ अर्ब ९ करोड खर्च भएको कार्यालयले जनाएको छ ।

सरकारले यस वर्ष सावाँ–ब्याज भुक्तानीमा ४ खर्ब २ अर्ब बजेट राखेको छ । यसमध्ये माघ मसान्तसम्म ४६.८५ प्रतिशत खर्च भएको छ । जीडीपीको दाँजोमा यसबीच भएको ऋण सेवा खर्च ३.३१ प्रतिशत हाराहारी हो ।

बढ्दो ऋण र उचित खर्च व्यवस्थापन नहुनु मुख्य चिन्ता

सरकारले हरेक वर्ष लिने ठूलो परिमाणको ऋण र यसलाई पूँजी निर्माण क्षेत्रमा खर्च गर्न नसक्नु मुख्य चिन्ताको विषय हो । अर्थ मन्त्रालय स्वयंले यसलाई स्वीकार गरेको छ ।

‘केही वर्षदेखि अनपेक्षित रूपमा लक्ष्य अनुसार राजस्व परिचालन हुन नसकेको तथा वैदेशिक अनुदानको अंश घट्दै गएका कारण आन्तरिक ऋण परिचालन हिस्सा बढ्दै गएको हो,’ अर्थको बजेट अर्धवार्षिक समिक्षा प्रतिवेदनमा छ ।

विकास सहायता व्यवस्थापनमा विभिन्न समस्या देखिँदा सहायता परिचालन प्रभावकारी हुन नसकेको अर्थको निष्कर्ष छ ।

जसमा आयोजना व्यवस्थापनका विभिन्न पक्षमा कमजोर प्रदर्शन, अधिकांश आयोजनाको समय र लागत बढ्नु, अन्तर मन्त्रालय समन्वय अभाव, वैदेशिक ऋणको विनिमय जोखिम पूर्वानुमान गर्न कठिन हुनुजस्ता समस्या समेत अर्थले औंल्याएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

प्रकाशित मितिः ६ फागुन २०८१, मङ्गलवार, 50 पटक पढिएको
पुरा पढ्नुहाेस